Posts

कोरोना अपडेट : लमजुङमा हिजो संक्रमण शुन्य, आज २१ जना नयाँ संक्रमित थपिए, आज ५ जनाले कोरोना जिते, निधन शुन्य

Image
अन्तरङ्ग सम्वाददाता बेसीशहर– लमजुङमा कोरोना भाइरस(कोभिड– १९) बाट संक्रमित हुने संख्यामा उतारचढाब भइरहेको छ । हिजो संक्रमण शुन्य देखिएर खुशीको सञ्चार भएकोमा आज भने २१ जना नयाँ संक्रमण पुष्टि भएको छ । आज साउन ८ गते एक ४ वर्षीया बालिका सहित २१ जनामा संक्रमण पुष्टि भएको हो । आज कोरोना जित्नेको संख्या ५ जना थप भएका छन् भने कोरोनाको कारण निधन भएको छैन ।            आज थप भएको संख्या समेत जिल्लामा कोरोना संक्रमित हुनेहरू कुल दुई हजार १९६ जना पुगेका छन् । हालसम्म कोरोना जित्नेको संख्या दुई हजार २९ पुगेको छ । सक्रिय संक्रमितको संख्या १३२ जना रहेको छ ।           आज पनि चार पालिकामा संक्रमित फेला परेका छन् । आज मध्यनेपाल नगरपालिका, दूधपोखरी गाउँपालिका, दोर्दी गाउँपालिका र क्ब्होलासोंथर गाउँपालिकामा कुनै पनि संक्रमित फेला परेका  छैनन् ।            संक्रमितहरूमध्ये बेसीशहर नगरपालिकामा सबैभन्दा धेरै ९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस बाहेक सुन्दरबजार नगरपालिकाका ६ जना, राइनास नगरपालिकाका ४ जना र मर्स्याङ्दी गाउँपालिका – १ का ३८ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको हो । यसैगरी, तनहूँको भानु नगरपालिकाम

कोरोना अपडेट : लमजुङमा बढ्न थाल्यो संक्रमित संख्या आज २३ जनामा पुष्टि, थप २१ जनाले कोरोना जिते, निधन शुन्य

Image
अन्तरङ्ग सम्वाददाता बेसीशहर– लमजुङमा कोरोना भाइरस(कोभिड– १९) बाट संक्रमित हुने संख्या बढ्न थालेको छ । पछिल्ला तीन दिनमा त्यो संख्या बढ्दै गएको हो । आज साउन ६ गते दुईजना बालबालिकासँगै २३ जनामा संक्रमण पुष्टि भएको हो । आज कोरोना जित्नेको संख्या २१ जना थप भएका छन् । आजका दिनमा कोरोनाको कारण निधन हुने संख्या भने छैन ।            आज थप भएको संख्या समेत जिल्लामा कोरोना संक्रमित हुनेहरू कुल दुई हजार १७५ जना पुगेका छन् । हालसम्म कोरोना जित्नेको संख्या दुई हजार २४ पुगेको छ । सक्रिय संक्रमितको संख्या ११६ जना रहेको    छ ।           आज चार पालिकामा संक्रमित फेला परेका छन् । तीमध्ये बेसीशहर नगरपालिकामा सबैभन्दा धेरै १० जनामा संक्रमण पुष्टि भएको छ । त्यस बाहेक मध्यनेपाल नगरपालिकाका ७ जना, राइनास नगरपालिका– ४ जना र मर्स्याङदी गाउँपालिका – ९ का ४५ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ ।            आज अधिक उमेरमा ६० वर्षका दुई जना पुरुष तथा कम उमेरमा १५ वर्षीया बालिका छन् । उनीहरू क्रमशः मध्यनेपाल नगरपालिका– ३ र ६ तथा राइनास नगरपालिका– ६ का हुन् ।            आज बेसीशहर नगरपालिका – ३ का ५५ वर्षका पुरुष

कोरोना अपडेट : लमजुङमा संक्रमित संख्या दुई अंकमा चढ्यो, थप २० जनाले कोरोना जिते र थप एकको निधन

Image
अन्तरङ्ग सम्वाददाता बेसीशहर– लमजुङमा कोरोना भाइरस(कोभिड– १९) बाट संक्रमित हुने संख्या आज फेरि दुई अंकमा चढ्यो । आज साउन ५ गते २० जनामा संक्रमण पुष्टि भएको हो । आज कोरोना जित्नेको संख्यामा २१ जना थप भएको छ भने कोरोनाका कारण थप एक जनाको निधन भएको छ । आजको दिन पनि बालबालिका संक्रमित भएका छैनन् ।           आज थप भएको संख्या समेत जिल्लामा कोरोना संक्रमित हुनेहरू कुल दुई हजार १५२ जना पुगेका छन् । हालसम्म कोरोना जित्नेको संख्या दुई हजार ३ पुगेको छ । सक्रिय संक्रमितको संख्या ११४ जनामा कायम छ ।           आज चार पालिकामा संक्रमित फेला परेका छन् । तीमध्ये मध्यनेपाल र राइनास नगरपालिकामा ५÷५ जना, सुन्दरबजार नगरपालिकाका २ जना, बेसीशहर नगरपालिका– ६ का ४० वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ ।            त्यस्तै, तनहूँ जिल्लाको भानु नगरपालिका ३३ वर्षका पुरुष, व्यास नगरपालिकाका ३८ वर्षीया महिला तथा कास्कीको रुपा गाउँपालिकाका ४८ वर्षीया महिला लमजुङ बस्नेहरूमा संक्रमण पुष्टि भएको छ ।            आज अधिक उमेरमा ५५ वर्षका पुरुष तथा १७ वर्षीया किशोरी छन् । उनीहरू क्रमशः राइनास नगरपालिका– ५ र मध्यनेपाल नगरप

कोरोना संक्रमण : आज पनि एक अंकमा सीमित, बालबालिकामा संक्रमण छैन, २१ जनाले कोरोना जिते र निधन शुन्य

Image
अन्तरङ्ग सम्वाददाता बेसीशहर– लमजुङमा कोरोना भाइरस(कोभिड– १९) बाट संक्रमित हुने संख्या आज पनि एक अंकमा सीमित भएको छ । हिजो मात्र एक जनामा संक्रमण पुष्टि भएकोमा आज त्यो बढेर ७ जनामा संक्रमण भएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।            सो विज्ञप्ति अनुसार आज साउन ४ गते ७ जनामा मात्र संक्रमण पुष्टि भएको हो । आज कोरोना जित्नेको संख्यामा २१ जना थप भएको छ भने कोरोनाका कारण कसैको पनि निधन भएको छैन । आजको दिनमा बालबालिका पनि संक्रमित भएका छैनन् ।            आज थप भएको संख्या समेत जिल्लामा कोरोना संक्रमित हुनेहरू कुल दुई हजार १३६ पुगेको छ । हालसम्म कोरोना जित्नेको संख्या एक हजार ९८३ पुगेको छ । सक्रिय संक्रमितको संख्या ११९ जनामा कायम छ ।           आज बेसीशहर नगरपालिकाका ३ जना सुन्दरबजार नगरपालिकाका २ जना तथा मर्स्याङ्दी गाउँपालिका – ६ का ४६ वर्षका पुरुष तथा मनाङमा स्थायी बसोबास भई लमजुङ बस्ने वर्ष ३८ का पुरुष समेत संक्रमित भएका   छन् ।            आज बेसीशहर नगरपालिका – २ का ७७ वर्षीया महिला, वडानं– ३ का ४५ वर्षीया महिला र वडानं– ११ का ४८ वर्षीय महिलामा संक्रमण पुष्

दोर्दीका बाढी पीडितलाई दुई लाख र नमूना अस्पताललाई ७० हजार न्यूर्योकबाट सहयोग

Image
अन्तरङ्ग सम्वाददाता बेसीशहर– लमजुङको दोर्दीका बाढी पिडित परिवार तथा सुन्दरबजार स्थित नमूना अस्पताललाई सहयोग प्राप्त भएको छ । गत असार १ गते दोर्दी खोलामा आएको बाढीका कारण प्रभावित भएकाहरूलाई कोभिड– १९ को उपचार तथा व्यवस्थापन कार्यका लागि नमूना सामुदायिक अस्पताललाई अमेरिकाको न्यूयोर्कबाट आर्थिक सहयोग प्राप्त भएको हो  ।            लमजुङमा स्थायी बसोबास भई रोजगारीका शिलशिलामा हाल अमेरिकाको न्यूयोर्कमा रहनु भएका व्यक्तित्वहरूले बाढीबाट पूर्णक्षति भएका दोर्दी गाउँपालिका– ८, हिलेबजारका १८ घर परिवारलाई प्रति परिवार १० हजार रुपैयाँ तथा आंशिक क्षति भएका ६ परिवारलाई प्रति परिवार पाँच हजारका दरले कुल दुईलाख १० हजार रुपैया सहयोग गरेका हुन् ।           सविधानसभा सदस्य जमिन्द्रमान घलेले एक कार्यक्रमका बीच प्रभावितहरुलाई राहात रकम साउन ३ गते हस्तान्तरण गर्नुभएको छ । सो अवसरमा गाउँपालिका उपाध्यक्ष दिलबहादुर घले र सोही वडाका अध्यक्ष तुलबहादुर घलेको विशेष उपस्थितिमा राहात रकम वितरण गरिएको हो । संविधान सभा सदस्य घलेले घर परिवार र आफन्तदेखि टाढा रहेर पनि आफ्नो जिल्लाका नागरिकहरूलाई यो आपतको समयमा सहयोग गर

जन्मदिनमा बृक्षरोपण अभियानद्वारा पत्रकारहरु सम्मानित, प्रजिअद्वारा पनि जन्म दिनमा बृक्षारोपण

Image
अन्तरङ्ग सम्वाददाता बेसीशहर– जन्म दिनमा बृक्षारोपण अभियान लमजुङद्वारा अभियन्ता बन्नुभएका पत्रकार महासंघ जिल्ला शाखाका पदाधिकारीहरूलाई सम्मान गरेको छ । प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइटेलको प्रमुख आतिथ्यतामा साउन ३ गते उहाँहरूलाई सम्मान गरिएको हो ।  प्रमुख अतिथि प्रजिअ लुइँटेलले महासंघका जिल्ला अध्यक्ष परमेश्वर अधिकारी, उपाध्यक्ष अनुज अधिकारी, प्रदेश सदस्य रामजी राना र जिल्ला सदस्या सृजना घिमिरेलाई सम्मान गर्नुभएको हो । प्रजिअ लुइँटेलले बृक्षारोपण जस्ता अभियानमा एक व्यक्तिले मात्र नभई सिङ्गो देश र जिल्लाबासी नै यस अभियानमा लागे भने देश र जिल्ला नै हराभर हुने बताउनु भयो । महासंघका अध्यक्ष परमेश्वर अधिकारीले यो अभियानमा जिल्लाका पत्रकारहरूको ऐक्यवद्धता रहने बताउनु भयो । जन्मदिनमा बृक्षरोपण अभियानका अध्यक्ष बासुदेव सेढाईका अध्यक्षतमा भएको कार्यक्रममा उहाँले भभियान्तहरु धेरै भन्दा धेरै बनाएर सिङ्गो देशलाई नै हरियाली बनाउने, जातावरण संरक्षणमा सहयोग गर्नुका साथै भूक्षय, बाढी, पहिरो जस्ता विपतिलाई नियन्त्रण गर्ने उद्धेश्यले सो कार्यक्रम गरिएको बताउनु भयो ।            कार्यक्रमको अभियानक

देउवालाई विश्वासको मत प्राप्त : पक्षमा १६५ र विपक्षमा ८३ मत, तटस्थ एक

Image
अन्तरङ्ग सम्वाददाता काठमाडौं– नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट विश्वासको मत पाउनु भएको छ । सो सम्बन्धी प्रस्तावमा साउन ३ गते राती अबेर भएको मतदानमा उहाँको पक्षमा १६५ मत प्राप्त भएको हो ।           सभामुख अग्नि सापकोटाले सो सम्बन्धि नतिजा राती १०ः११ बजे सुनाउने देउवाले संसदमा आफूलाई विश्वासको मत छ भनि राख्नु भएको प्रस्तावको पक्षमा १६५ मत र विपक्षमा ८३ मत परेको र एक मत तटस्थ रहेको जानकारी दिनुभएको हो ।           मतदानमा २४९ जना सांसद सहभागी भएका थिए ।           नेकपा एमालेको साउन ३ गते बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाविरूद्ध मत हाल्न सांसदहरूलाई निर्देशन दिएको थियो ।           देउवालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एमालेका केही सांसदले मत दिएका हुन् ।           सर्वोच्चले संविधानको धारा ७६ को ५ बमोजिम प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रियामा दलीय ह्वीप नलाग्ने व्याख्या गरेको थियो ।           आज राति अबेर संसदमा भएको मतदानमा एमालेका ३२ सांसदले पार्टीको निर्णय उल्लंघन गरेका छन् । त्यसमध्ये वरिष्ठ नेता